नेकपा एसको तीनवटै बैठक सर्‍यो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ । वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो ।

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नु परेको सो पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचनामा भनिएको छ । एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *