बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि बन्द हुने भएको छ।
अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदै छ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा बताए। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ। कुनै देशमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन छ।