शैक्षिक सत्रको सुरुवातमै देशभर पुग्यो पाठ्यपुस्तकः प्रबन्ध निर्देशक झा

भक्तपुर। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले अनुसार चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुर्याएको बताउनुभयो ।

झाले भन्नुभयो, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै सतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेका छौँ । नयाँ शैक्षिक सत्र सुरु हुदाँसम्म पूरै सेट सबै कक्षाका विद्यार्थीको हातहातमा पुग्ने गरी वितरण भएको छ ।”

केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । उहाँले गत वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको जानकारी दिनुभयो ।

गत वर्ष नयाँ पाठ्यक्रमको पुस्तक छपाइ गरेकाले बढी बिक्री भएको र यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गत वर्षकै पुस्तक चलाएकाले कम बिक्री भएको हुनसक्ने उहाँले बताउनुभयो । “यस वर्ष पुस्तक कम बिक्री भएपनि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तुरुन्तै पुस्तक पु(याउँछौँ, हाम्रो टेलिफोन नम्बर पनि पठाएका छौँ, अहिलेसम्म पुस्तक छौँ भनेर कतैबाट गुनासो आएको छैन ।”

केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । गत शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मको पुस्तक समयमै पु(याउन सफल भएकाले सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us