सुनको मूल्य स्थिर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us