सल्यानमा बस दुर्घटना

काठमाडौं। सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा १४ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us