नेपालसँग साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौं। ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले लगातार चौथो जित निकाल्दै साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।

८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको पुरागरेको थियो। नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।

समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us