काठमाडौं। बिहीबार बाँकेको जानकी गाउँपालिका ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र राखिएको सल्लोको काठ र खोटोमा आगलागी भएको छ। अझै आगो नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
आगलागी नियन्त्रणको लागि ११ वटा दमकल प्रयोग गरिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो। आगो निभाउन भारतबाट समेत दमकल ल्याएको छ। एसपी कार्कीले विद्युत सर्ट भएर लागेको आगो आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो ।