आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्स भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ। पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा पञ्जाव र मुम्बईको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन। दुवैले अहिलेसम्म खेलेका ६(६ खेलमा २(२ खेल जितेका छन् भने ४(४ खेलमा हार बेहोरेका छन्।

पञ्जावको कप्तानी गरिरहेका शिखर धवनले चोटका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा साम कुरानले पञ्जावको कप्तानी गरेका थिए। यस सिजनमा मुम्बईको कप्तानी भने हार्दिक पाण्डेयले सम्हालिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us