शुक्रबार मनकामना केबलकार बन्द हुने

काठमाडौं। मनकामना केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार (शाख ७ गते)एक दिनका लागि बन्द हुने भएको छ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने छ। चितवनको इच्छाकामना गाउँपालिका(४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका(३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us