तोलामा ६०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us