प्रतितोला ७ सयले उकालो लाग्यो सुन

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ७ सयले उकालो लागेको छ। बिहीबार प्रतितोला रु १ लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३९ हजार ३ सय मूल्य निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु १ लाख ३७ हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला रु १ हजार ७ सय २५ मा कारोबार भएकामा आजका लागि भने रु १ हजार ७ सय २० निर्धारण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us