गठबन्धनका दलहरूको समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताउनु भएको ।

उहाँले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पार्नुभयो । उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उहाँले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us