काठमाडौं। कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी अमिर बुधबार स्वदेश फर्किनुभएको हो।
नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछि दिवाभोजमा सरिक भएर उहाँ स्वदेश फर्किनुभएको हो। उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो।
राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उच्च पदस्थहरू विमानस्थल पुग्नुभएको थियो।
कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।