स्कुटरलाई बसले ठक्कर दिँदा एक किशोरीको मृत्यु, एक घाइते

काठमाडौं। पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ठक्करबाट पोखरा सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते भएको डीएसपी शर्माले बताए । घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us