३.२४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ ।१३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढेको छ भने बाँकी आठ वटाको समूहगत सूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us