करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाको आधारमा करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) ,१ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सुन बिक्रीवितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका (३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू,आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन्। यसैगरी भारत महाराष्ट्रका अमोल विभुते,ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जानकारी गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us