अफताब आलमलाई जन्मकैदको सजाय

काठमाडौं। रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा आलमलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो । अदालतले अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us