इलाममा मतगणना ११ बजेबाट सुरु हुने

काठमाडौं। इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ। अहिले बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।

मतगणना फाकफोकथुम गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ। मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ। फाकफोकथुमनपछि चुलाचुली,माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us