प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन गत शुक्रबारको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us