आज सुनको मूल्य स्थिर

काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us