७.३१ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से ७.३१ अंकले घटेर एक हजार ९९८ दशमलव ९६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था रहेका छन । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । यसका साथै आज विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९।७१ प्रतिशतले बढेको छ ।

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८।२१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साइन आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us