काठमाडौं। काठमाडौलाई हेटौँडामा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ मर्मतका क्रममा ललितपुरको काल्चेमा भत्किएपछि बन्द भएको छ ।
काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्णरूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा गाडी सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म यो सडक बन्द रहने कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो ।
मर्मतका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको यो सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै गाडी आवतजावतका लागि खुला गरिएको थियो ।