पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन राष्ट्रिय सभागृहमा शुरु

काठमाडौं। नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन राष्ट्रिय सभागृहमा काठमाण्डौमा शुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान उद्घाटन गर्नुभयो ।

भोलिसम्म चल्ने महाधिवेशनमा महासङ्घका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । महाधिवेशन शुरु हुनुअघि पत्रकारहरूले शान्तिबाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरेका थिए । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।

आजै ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस पनि मनाइँदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ दिवस मनाइरहँदा पत्रकारहरूले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us