पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा लागिपर्छुः मन्त्री पदम गिरी

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताउनुभएको छ । मन्त्री गिरीले पत्रकारहरुको सामाजिक सुरक्षाका विषयमा पनि सरकारले विशेष ढंगले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

मन्त्री गिरीले मिडिया काउन्सिललगायतका मिडियासँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिनुभयो । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने मन्त्री गिरीको भनाइ थियो । उहाँले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरुसँगै महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us