इण्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं ।इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज आईपीएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ। दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकाता नाइट राइडर्सबीच हुँदै छ। धर्मशालामा हुने यो पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा पञ्जावले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अङ्कसहित पञ्जाव छैटौँ स्थानमा रहेको छ। त्यसै गरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ। १० अङ्कसहित चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ।

लखनउमा हुने दोस्रो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ।

१२ अङ्कसहित लखनउ अङ्क तालिकामा तेस्रो स्थानमा रहेको छ। त्यस्तै कोलकाताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ। १४ अङ्कसहित कोलकाता दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us