काठमाडौं। आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेको छ। नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ विन्दुमा बन्द भएको हो।
आइतबारको बजारमा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रूपैयाँको सेयर कारोबार भएको छ। बिहीबार ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँले कमी आएको हो।
आज ३१६ वटा धितोपत्रको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच भएको हो। ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। दोल्ती पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९३ रूपैयाँ कायम भएको छ।
यस्तै, साधना लघुवित्तको सेयर मूल्य ८.७२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८७३ रूपैयाँ कायम भएको छ। पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५५४ रूपैयाँ कायम भएको छ। यस्तै, सिंगटी हाइड्रोको मूल्य ७.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १४७ रूपैयाँमा झरेको छ।
आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५१ रूपैयाँमा १२ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.६९ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३६७ रूपैयाँ ९० पैसामा ११ करोड ९० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको भने बाँकी ११ समूहको परिसूचक घटेको छ। विकास बैंक समूहको परिसूचक सर्वाधिक २।६५ प्रतिशतले घटेको छ।