काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्यसूची तय गर्दै आज आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ । हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।