जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट

काठमाडौं। धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको सहकारीको कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रञ्जन अवाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us