शनिबारबाट रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिवार बाजागाजासहित गःबहाल पुर्याइएको हो ।

वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us