तोलामा ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार तोलामा ३ सयले घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us