काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गर्नुभएको छ। सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमा निर्माण हुन लागेको सिग्नेचर पुलको शिलान्यास गर्नुभएको हो।
हाल रहेको नारायणी पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो।