२४.३९ अंकले बढ्यो नेप्से

काठमाडौं। सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १।.६६ अंकले बढेर ३५६.६५ विन्दुमा कायम भएको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब १५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२० स्क्रिप्सको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा बढी हो।

दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त वित्तीय संस्था,माण्डु हाइड्रोपावर र सृजनशील लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us