काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान छलफल गर्नुभएको छ ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सaचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गर्नु भएको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो । लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।