काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।