काठमाडौं। सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ १ हजार ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४० हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको हो ।
हिजो सुनको भाउ तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि गएको वैशाख ७ गते सुनको भाउ सबैभन्दा उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर १ हजार ८ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।