४ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक ४ बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गर्नुभएको थियो।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us