काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि १ हजार ९ सय ४० रुपैयाँ निर्धारण भएको छ ।