म्यानचेस्टर सिटीले जित्यो इंग्लिश प्रिमियर लिगको उपाधि

काठमाडौं। इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार चौथो पटक जितेको छ । गएराति सम्पन्न प्रिमियर लिगको फाइनल खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले उपाधि जितेको हो ।

सिटीको जितमा खेलको दोस्रो मिनेट मै गोल गरेर खाता खोलेका फिल फोडेनले खेलको १८ मिनेटमा अर्को गोल गरेका थिए । त्यस्तै, खेलको ५९ औं मिनेटमा रोड्रिले तेस्रो गोल गरेका थिए। वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us