मंगलबार पहिलो क्वालिफायर खेलमा कोलकाता र सनराइजर्स भिड्दै

काठमाडौं। आईपीएल २०२४ को पहिलो क्वालिफायर खेलमा मंगलबार कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेलको विजेता सिधै फाइनल पुग्नेछ ।

प्रतियोगिताको अन्तिम लिग खेलमा आइतबार कोलकाता र राजस्थान रोयल्सले एक(एक अंकमा चित्त बुझाएका थिए । वर्षाले खेल वासआउट भएपछि राजस्थानले शीर्ष दुईमा उक्लने अवसर गुमाएको थियो । राजस्थान तेस्रो स्थानमा रह्यो । त्यसअगाडि हैदराबादले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको थियो । अब बुधबार इलिमिनेटरमा राजस्थान र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्नेछन् । त्यसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us