काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राख्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मत माग गर्नुभएको हो।
प्रतिनिधि सभाको सोमबारको बैठक कांग्रेसको नाराबाजी र वेल घेराउबीच १५ मिनेट स्थगित भएको थियो।
दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मत प्रस्ताव राख्नुभएको हो। उहाँले विश्वास मत प्रस्ताव राख्दा कांग्रेससहित विपक्षी दलले सदनमा अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र विश्वास मत प्रस्तावमा छलफलका लागि भाग लिएकाहरूलाई रोस्टम आउने र जाने वातावरण मिलाउन सहजीकरणका लागि मर्यादापालकहरूलाई निर्देशन दिनुभएको छ।