काठमाडौं । प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्रीले कांग्रेसले सांसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यसको मुल्य चर्को पर्ने चेतावनी दिनुभएको हो । “आज बहुत गलत गर्नुभयो,” उहाँले भन्नुभयो, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”