तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज १२ सय रुपैयाँले घटेर तोलाको १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सुनको भाउ हिजो अहिलेसम्मकै उच्च तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us