सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता कीर्ते आरोपमा अनुसन्धानका लागि मंगलबार पक्राउ परेका सिरोहिया अदालतले आज तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको भएपनि जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us