जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

काठमाडौं। रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाज तर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो । उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *