काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसुचक नेप्सेमा दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २२.१४ अंकले घटेर दुई हजार १ सय ९ दशमलब ३४ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २९ वटाको बढेको छ भने २१५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कालिञ्चोक दर्शन लिमिटेड, सिटी होटल लिमिटेड र सनराइज ब्लुचिप फण्ड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज क्रमशः १०, ८.२४ र ८.०९ प्रतिशतले बढेको छ । आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६।३६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।