नेपाल आज क्यानडासँग पहिलो वार्मअप खेल्दै

काठमाडौं। टी २० विश्वकपअघि नेपालले आज पहिलो वार्मअप खेल खेल्दै छ । नेपालले पहिलोपटक टी २० विश्वकप खेल्ने तयारीमा रहेको क्यानडासँग वार्मअप खेल खेल्न लागेको हो ।

खेल ग्रान्ड प्रेरी मैदानमा नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ । दोस्रो वार्मअप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ । जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । यसपटकको विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us