काठमाडौं। काठमाडौंको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौं महानगरपालिकाको योजनाको स्थानीयले विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका छन् । ‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।
महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो ।