काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला ३ सय रूपैयाँ बढेको सुन आज हिजोको तुलनामा प्रतितोला ४ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।