मन्त्रीपरिषद् र प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौं। मन्त्रीपरिषद्को बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो २ बजेका लागि सारिएको छ । यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।

मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी दिनुभयो । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us