काठमाडौं। मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको छ। सरकारलाई हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।
सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो।